BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान एवम् क्रिकेटर शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल पक्कै आउने बताएका छन् । इपिएलका लागि काठमाडौँ किङ्ग्स एलेभेनमा अनुबन्ध भएसँगै अफ्रिदीले सामाजिक सञ्जालमार्फत खेलसँगै कतै नभएको सौन्दर्य हेर्न नेपाल आउने बताए ।

चौथो संस्करणको इपिएलका लागि पाकिस्तानी अलराउन्डर अफ्रिदीलाई काठमाडौँ किङ्ग्स एलेभेनले भित्र्याएको हो । काठमाडौँ किङ्ग्सले ४४ वर्षीय अफ्रिदीलाई अन्तर्राष्ट्रिय खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।

इपिएल आगामी असोजमा हुने तय भएको छ । इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

अफ्रिदीले इपिएल खेल्न नेपाल आउने बताउँदै कतै नभएको सौन्दर्य अवलोकन गर्न भ्रमणको सदुपयोग गर्ने उल्लेख गरे । ‘पक्कै पनि अन्त कतै नभएको अनुपमस्थल भ्रमणसमेत गर्नेछु ।’

पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, तीन सय ९८ ओडिआई, ९९ टि–२० आई र तीन सय २६ टि–२० खेल खेलेका छन् । अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय