ईश्वर राना मगर मंसिर, ५ गण्डकी प्रदेश तनहुँ जिल्ला अन्तर्गत आँबुखैरेनी गा पा वडा नं. १ मा अवस्थित निकै चर्चित अाडी मूल मन्दिर हरेक भक्तजनको मनो इच्छा- आकांक्षा पुरा हुने जन विश्वास यसपालि अधुरो हुने भएको छ।विश्वमा नै आतङ्कित covid19, को कारणले जनताको स्वास्थ्य लाई खयाल राखी मन्दिरमा यो वर्षको ठूलाे एकादशीका दिन मेला नलाग्ने भएकाे छ ।

हरेक ठूलाे एकादशीका दिन हजाराैंकाे संख्यामा भक्तजनहरुको भिड लाग्ने हुँदा काेराेना भाईरसकाे सन्त्रास भईरहेको हुँदा यस वर्षकाे लागि मेला आयाेजना गर्न राेक लगाईएकाे वडा अध्यक्ष श्री किशन थापा मगरले जानकारी गराउनु भयो ।

यस तनहुँ जिल्लाको १० ओटा पर्यटकीय क्षेत्रमा पर्न सफल अाडि मूल मन्दिरमा ठूलाे एकादशीका दिन टाढा-टाढा बाट बाजागाजा सहित फूलकाे डाेली भित्र्याउने चलन छ तर यस वर्ष भने डाेली ल्याउँदा जति सक्दाे डोली सँग बाजागाजा बिना थाेरै भक्तजन आउन र भाैतिक दुरि कायम गरि सहभागी हुन अनुराेध गरिएको आँदिमुल पर्यटकीय मन्दिर संरक्षण समितिका अध्यक्ष श्री पदमराज अधिकारीले बताउनु भयाे।

