BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो ।

बार्सिलोनाको यो सिजनको तेस्रो हार हो । पछिल्लो समय लिगमा कमजोर बनिरहेको बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । च्याम्पियन्स लिगमा राम्रो लयमा रहेको बार्सिलोना ला लिगामा भने कमजोर भएको छ ।

बार्सिलोनालाई पराजित गरेसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आठ खेल खेलेको एट्लेटिको २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ११ अंकसहित तालिकाको १० औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय