BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

गएराति सेन्चुरियनमा भएको एक दिवसीय क्रिकेटमा बङ्ग्लादेशले घरेलु टोली दक्षिण अफ्रीकालाई हराएको छ ।

बङ्ग्लादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले ८६ तथा डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

बङ्ग्लादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बङ्ग्लादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो । बङ्ग्लादेशका शकिब अल हसनले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रन जोडे ।

दक्षिण अफ्रिकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा बङ्ग्लादेशले १–० को अग्रता बनाएको छ।
दक्षिण अफ्रिकाको भूमिमा बङ्ग्लादेशको यो पहिलो एक दिवसीय जित पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय