BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

बार्सिलोनाले आफ्नो टोलीलाई सन्तुलित बनाउन खेलाडीको छाँटकाँट गर्न आवश्यक छ । सोहीअनुरूप मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले फ्रान्सेली डिफेन्डर सामुअल उम्टिटीलाई गन्ती नै गर्न छोडेका छन् । तर उम्टिटी भने क्याटलान क्लब छोड्न पक्षमा छैनन् ।

२७ वर्षीय उम्टिटीको चोटको विषय र तलबको विषयलाई लिएर बार्सिलोनाले उनलाई बेच्न खोजिरहेको छ । गत शुक्रबार पत्रकार सम्मेनलमा प्रशिक्षक कोइम्यानले भनेका थिए, ‘यदि हाम्रा डिफेन्डर यही बसेमा उनले बार्सिलोनाका लागि मुस्किलले खेल्न पाउने छन् ।’

बार्सिलोनाले उम्टिटीका एजेन्टसँग पनि यसै समरमा उनलाई बहिर्गमन गर्नेगरी छलफलसमेत गरेका थिए । तर उनी भने कम्तिमा थप एक वर्ष भएपनि क्याप नोउमै बस्ने तयारीमा छन् । यसैका लागि उनले बार्सिलोना छोड्न अस्वीकार गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ ।

कोइम्यान नेतृत्वको टिमा आफू काममा आउन सक्नेमा उम्टिटी विश्वस्त छन् । कोइम्यानले आफ्नो योजनामा उम्टिटी नरहेको बताइरहँदासमेत उनले हार मानेका छैनन् । चोट र प्रदर्शनबाहेक पनि उम्टिटीको तलब बार्सिलोनाका लागि अर्को टाउको दुखाइ बनेको बताइन्छ ।

उम्टिटीले बार्सिलोनाबाट प्रतिसिजन आठदेखि नौ मिलियन युरोसम्म तलब थाप्छन् । हाल कोरोनाबाट आर्थिक रूपमा प्रभावित भएको अवस्थामा कामविहीन खेलाडीलाई तबल दिनु थप घाटाको विषय भएको बार्सिलोनाको ठहर छ ।

उम्टिटी सन् २०१६ मा फ्रान्सेली क्लब लियोनलबाट २५ मिलियन युरोमा क्याप नोउ आएका हुन् । तर स्पेन आएपनि चोटका कारण अधिकांश खेलमा आफ्नो प्रतिभा देखाउन पाएका छैनन् । अघिल्लो सिजनमा उनले मात्र १६ खेल खेल्न पाएका छन् । हालसम्म बार्सिलोनाबाट एक सय ३२ खेल खेल्दा उनले दुई गोल र एक असिस्ट मात्र गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय