BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् ।

खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । आजको खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिने छ । दोस्रो क्वालिफायर विजेता टिमले फाइनलमा उपाधिका लागि साविक विजेता मुम्बईको सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । हैदराबाद पनि दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।

इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरलाई हराएको हैदराबाद पछिल्लो चार खेलमा लगातार विजयी भएको छ । पछिल्ला ६ खेलमध्ये ५ खेलमा दिल्ली पराजित भएको छ । आईपीएलका १३ औं संस्करणमध्ये दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन । दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक फाइनलमा पुग्ने इतिहास बनाउनेछ ।

आईपीएलको फाइनल खेल नोभेम्बर १० अर्थात् पर्सि बेलुका हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय