BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले एक खेल बाँकी छँदै जितेको छ । इङ्ग्ल्यान्डले पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्ट २६ रनले जितेको हो ।

तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिनको दोस्रो सेसनमा तीन सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि साउद सकिलले सर्वाधिक ९४ रन बनाए ।

यस्तै इमाम उल–हकले ६०, मोहम्मद नवाज तथा अब्दुल्लाह सफिकले ४५÷४५ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले चार तथा ओइली रोबिनसन र जेम्स एन्डरसनले २÷२ विकेट लिएका छन् ।

इङ्ग्ल्यान्डले पहिरो पारीमा दुई सय ८१ र दोस्रो पारीमा दुई सय ७५ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ह्यारी ब्रुकले एक सय आठ रन बनाए । पाकिस्तान पहिरो पारीमा दुई सय दुई रन बनाएको थियो ।

इङ्ग्ल्यान्डले पहिलो टेस्ट ७४ रनले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो डिसेम्बर १७ देखि सुरु हुनेछ ।

विश्व टेस्ट च्याम्पियनशिपमा इङ्ग्ल्यान्ड पाँचौँ र पाकिस्तान छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय