BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इंगलिस प्रिमियर लिगमा आर्सनलले न्युकासल युनाइटेडलाई पराजित गरेको छ ।आइतबार राति भएकाे खेलमा उपाधि होडमा रहेको आर्सनल विजयी हुँदा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आइतबार रातिको खेलमा दोस्रो स्थानको आर्सनलले घरेलु टोली न्युकासल युनाइटेडलाई २–० ले हराएको हो । यो जितसँगै आर्सनलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी एकमा झारेको छ ।

न्युकासलको मैदान सेन्ट जेम्स पार्कमा आर्सनलका लागि कप्तान मार्टिन आडेगार्डले जर्गिन्होको पासमा १४औं मिनेटमा एक गोल गर्दा ७१ औं मिनेटमा अर्को एक गोल उपहार पाएको थियो ।

ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो । यो जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक जोड्न सफल भयो । आर्सनलभन्दा एक खेल कम खेलेको सिटी भने ३४ खेलबाट ८२ अंकसहित शीर्ष स्थानमा छ । न्युकासल ६५ अंकसहित तेस्रो स्थानमा छ । लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ ।

आइतबार रातिकै अर्को खेलमा म्यानचेष्टर युनाइटेड वेष्टहमसँग १–० ले पराजित भएको छ । वेष्टहमको घरेलु मैदानमा पहिलो हाफमा युनाइटेडका साइद बेनराहमाले गरेको गोल नै निर्णायक बन्यो ।

हारसँगै युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेडले ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय