BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो ।

मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा फाइजर खोप सञ्चालन हुनेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने पछि मिति तोकिनेछ ।

८ जिल्लामा पहिलो मात्रा लगाएकालाई माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा फाइजर खोप दिइने मन्त्रालयले जनाएको छ । यसअघि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई २० जिल्लामा फाइजर खोप अभियान सञ्चालन भएको थियो ।

यसैबीच हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएका जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई ढुक्कसँग खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्कसँग लगाउन विज्ञहरुले पनि आग्रह गर्दै आएका छन् । सरकारले बालबालिकालाई सजिलोको लागि विद्यालयबाटै खोप दिन थालेको छ । खोपको लागि आफ्नो विद्यालय या वडामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय