BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।

मुम्बईमा शनिबार राति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३५ रन जोड्दा इशान किशनले २६ रन बनाए । टिम डेभिडले अविजित २० रन जोडे ।

राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

राजस्थानका जस बटलरले सर्वाधिक ६७ रनको योगदान दिए । रविचन्द्र आश्विनले २१, डर्याल मिचेलले १७, सन्जु सामसनले १६ तथा देबदुत पडिकलले १५ रन बनाए ।

मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले २/२ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय