BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा चेन्‍नई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।

सेख जायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलमा पन्जाबलाई जित्नैपर्ने दबाब छ । पन्जाबले आजको खेलमा जित निकाल्न सके प्लेअफमा स्थान बनाउने अवसर कायम हुनेछ ।

यता समूह चरणबाट बाहिरिएको चेन्‍नई आजको खेलमा जित निकाल्दै सिजनको सुखद बिदाई गर्ने योजनामा छ । लिगमा १३ खेल खेलेको चेन्‍नई १० अंकका साथ पुछारमा छ । १२ अंक जोडेको पन्जाब तालिकाको पाँचौं स्थानमा छ ।

आजै हुने अर्को खेलमा कोलकाता नाइड राइडर्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।

आजको खेलमा जित निकाल्दै कोलकाता प्लेअफमा आफूलाई स्थान बनाउने अवसरलाई कायम राख्‍ने योजनामा छ । यता राजस्थानजको योजना पनि त्यही छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय