BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना ६ वटा राज्यहरुमा जारी रहेको छ । ४४ राज्यमा सम्पन्‍न भएको नतिजा अनुसार डेमोक्रेटिक उमेदवार जो बाइडेनले अग्रता कायम गरेका छन् ।

बाइडेनले २५३ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ कुल इलेक्टोरल कलेज मतमध्य २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।

बाइडेनलाई जितका लागि १७ इलेक्टोरल कलेज मत आवश्यक छ भने ट्रम्पलाई ५६ इलेक्टोरल कलेज मत आवश्यक छ । शुक्रबार साँझ उनले आफ्नो जित निश्‍चित भएको उल्लेख गर्दै आफूलाई काम गर्न अमेरिकी मतदाताहरुले काम गर्न जनादेश दिएको बताएका छन् ।

मतगणना जारी रहेका राज्यहरुमध्ये पेनसलभानियामा बाइडेनले २८ हजारभन्दा बढी मतले अग्रता लिएका छन् । यस राज्यमा २० इलेक्टोरल कलेज रहेका छन् । यस राज्यमा जितेमा मात्रै पनि बाइडेनको जित निश्‍चित छ ।

त्यसैगरी एरिजोनामा पनि बाइडेनले २९ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । नेवाडामा पनि बाइडेनले नै अग्रता कायम गरेका छन् । उनले नेवाडामा २२ हजार ६५७ मतले अग्रता लिएका छन् ।

जर्जियामा पनि बाइडेन ७ हजार २४८ मतले अघि रहेका छन् । अधिकारीहरुले जर्जियामा साँघुरो अग्रता भएका कारण पुन: मतगणना गरिने भएको छ ।

त्यसैगरी अलास्का र नर्थ क्यारोलिनामा भने ट्रम्पले अग्रता कायम गरेका छन् । – बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय