BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इरानले अमेरिका-इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमले अमेरिका र इजरायली आक्रमणमा परी सर्वोच्च नेता खामेनी, खामेनीकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएकाे जनाएको छ । इरानको सरकारी टेलिभिजनले सर्वोच्च नेताको निधनमा मुलुकभर ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको जनाएको छ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएको दाबी गरेका थिए ।उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनी मारिएको दाबी गरेका छन्।

८६ वर्षीय इस्लामिक धार्मिक नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता पदमा आसीन थिए । वर्तमान इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खामेनीको निधनपछि उनको उत्तराधिकारीका रूपमा अली खामेनी आएका हुन् । सन् १९७९ मा रुहोल्लाह खामेनीको नेतृत्वमा भएको क्रान्तिले अमेरिकानजिक रहेका तत्कालीन राजा मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरेको थियो । इरानको शासन संरचनाअनुसार सरकारका सबै शाखा, सेना र न्यायपालिकामाथि सर्वोच्च नेताको अधिकार रहन्छ । राजनीतिक अधिकारका अतिरिक्त सर्वोच्च नेता देशको आध्यात्मिक नेता पनि हुन् ।

इस्लामिक गणतन्त्र स्थापनापछिको दोस्रो सर्वोच्च नेता रहेका खामेनीले आफ्नो शासनकालमा निरन्तर पश्चिमको विरोधको सामना गर्नुपरेको थियाे । यसअन्तर्गत इरानले कठोर प्रतिबन्ध सामना गर्दा उसको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । खामेनीले भने अमेरिकालाई इरानको ‘नम्बर एक शत्रु’ मान्दै आएका थिए भने इजरायललाई दोस्रो ।

सर्वोच्च नेताको निधनमा मुलुकभर ४० दिनसम्म शोक मनाउने घोषणा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय