BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ ।

“एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,” जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भने ।

उहाँले अमेरिकामा दैनिक दुई लाख कोभिड–१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताउनुभयो ।
“हामी अहिले महामारीको निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ,” ब्रोन युनिभर्सिटीका आपतकालिन सेवा प्रवाहमा खटिरहेका चिकित्सक मेगन ¥यानीले भने । उनले अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिने बताए ।

अमेरिकामा अहिलेसम्म एक करोड २९ हजारभन्दा बढी पुगेको र दुई लाख ४३ हजार ७९७ भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय