घरेलु टोली श्रीलङ्कालाई अन्तिम एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियाले हराएको छ । कोलम्बोमा शुक्रबार राति भएको खेलमा श्रीलङ्का ४ विकेटले पराजित भएको हो ।
तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले ३—२ ले गुमाएको छ । श्रीलङ्काले दिएको १ सय ६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे । यस्तै मार्नुस ३१ रन जोड्दा क्यामरुन ग्रीनले अविजित २५ रनको योगदान दिए । श्रीलङ्काका दिनुथले ३ तथा महिस थिकसनाले २ विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन जोडेको थियो ।

