BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

अछामको सदरमुकाम मंगलसैन स्थित जिल्ला अस्पताल लाई एनआरएनए अफ्रिकाको मातृभुमीलाई तत्काल अक्सिजन सहयोग अभियानको संयोजनमा बिहिवार १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । एनआरएनए नाइजेरिया र अफ्रिका, अमेरिका , मलेशिया र कतारमा बस्ने गैर आवासीय नेपाली र जुपु मिलन केन्द्र काठमाडौंको सहयोगमा जिल्ला अस्पताल लाई १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।
बिहिवार वरिष्ठ समाजसेवी नेपाली कांग्रेस अछामका पूर्व सभापति पुष्पबहादुर शाहले एक कार्यक्रमका बिच जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सोनाली बास्कोटा लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय बाट जारी निषेधाज्ञाका नीति निर्देशन पालन गर्दै जिल्ला अस्पताल परिसरमा सामुदायिक रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाको सहजीकरणमा भएको भएको एक संक्षिप्त कार्यक्रममा अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै नेपाली कांग्रेस अछामका पूर्व सभापति शाहले अहिलेको जटिल परिस्थितिमा अछामलाई सम्झेर जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याउन मद्धत गर्ने गैर आवासीय नेपाली प्रती आभार व्यक्त गर्नुभएको थियो । अक्सिजन सिलिण्डर बुझ्दै डाक्टर बास्कोटाले पनि अक्सिजन सिलिन्डर आपूर्तिका लाई सहयोग गर्ने सबै सहयोगी मनहरूलाई धन्यवाद छ भन्नुभयो ।

अछाम जिल्लामा ४० थान अक्सिजन सिलिन्डर आपूर्तिको लागि कैलालीको धनगढी स्थित परोपकारी संस्था ह्युमानिटी फाउण्डेसन नेपाल , गैर आवासीय नेपाली संघ नाइजेरिया ,अफ्रिकाबाट रोशन थापा , अमेरिकाबाट बासुदेव अधिकारी , बिष्णु शाह , हेमबहादुर ठकुल्ला , मलेसिया बाट टेकबहादुर बुढा , दिनेश खडका खप्तडी , कतार बाट चन्द्र थापा , काठमाडौं स्थित जुपु मिलन केन्द्र , केवी मिठ्ठु रावल र दिवंगत सेवानिवृत्त प्रहरी नायव उपरीक्षक मोती सिंह धामीको परिवारको आर्थिक सहयोग रहेकोे थियो ।

एनआरएनए अफ्रिकाको नेपाल लाई तत्काल अक्सिजन सहयोग अभियान र गैर आवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाको संयोजन , धनगढी स्थित ह्युमानिटी फाउन्डेसन र जुपु मिलन केन्द्रको सहयोग र नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको समन्वयका साथै ब्यवस्थापनमा अछाम जिल्लामा ३० थान अक्सिजन सिलिन्डर पुर्याइएको हो । जसमध्य हिजो मात्रै ह्युमानिटी फाउन्डेसन धनगढीको सहयोगमा १० थान अछाम जिल्ला अस्पताल र १० थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु बयालपाटा अस्पताल लाई हस्तान्तरण गरिएको थियो । यो गरि मङ्गलसेन अस्पतालमा २० थान र बयालपाटा अस्पतालमा १० थन अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । साथै बयालपाटा अस्पतालका लागि थप १० थान अक्सिजन ल्याउन गाडी आजै भैरहवा पठाइएको छ र भोलि सम्म हस्तान्तरण गरिने छ । अछाम जिल्लामा अक्सिजन सिलिन्डर आपूर्ति अभियानमा सक्रिय पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तिमिल्सैनाका अनुसार भैरहवा बाट थप १० थान अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखीएको छ गाडी पुग्ने बित्तिकै शुक्रबार लोड गरेर बयालपाटाका लागि हिडाइने छ । साथै तिमिल्सैनाले अवको केही दिनमा अमेरिकी नेप्लिज चेम्बर अफ कमर्सको सहयोग र युवा सूचना मंच बाँकेको संयोजनमा जिल्ला अस्पताल , बयालपाटा अस्पताल लागयत कोभिड बाट बढी प्रभावित पंचदेवल विनायक नगरपालिका भित्रका स्वास्थ्य संस्था , सुरक्षाकर्मी र पत्रकार लाई औसधी , स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गरिने समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय