BREAKING
प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री | मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार | आजदेखि डुम्रे-बेंसीसहर सडक तीन दिन बन्द | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥ | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी |

प्रधानमन्त्री सुशीला कार्कीले विश्वकप टि–२० खेल्न लागेका नेपाली टोलीलाई विजयीका लागि शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले नेपाली टोलीको विगतको चमत्कार र सफलतासँगै नेपालको संसारभर फैलिएका प्रशंसकको पनि साथ रहेको बताएकी छन् । उनले कप्तान रोहित पौडेलको टोलीले नेपालको बेजोड प्रस्तुति देखाउने विश्वास राखेकी छन् ।

उनले भनेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ–नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार–सफलताको आड छ। इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः । अनि धेरै माया पनि ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय