BREAKING
जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री | मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार | आजदेखि डुम्रे-बेंसीसहर सडक तीन दिन बन्द | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥ | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) |

रवि रोषी, रफ्तार न्युज चितवन । आश्विन २६

अमेरिकाको न्युजर्सीमा रही कम्प्युटर साईन्समा अध्ययनरत सेलिन भन्तानाले आफ्नो जन्मदिनको पुण्य दिनमा मानसिक सन्तुलन गुमाएकी विरामीको उपचारमा सहयोग गरेकी छिन् ।

माडी नगरपालिकामा मानसिक सन्तुलन गुमाएकी धन कुमारी विक असुरक्षित अवस्थामा करीव साँढे २ महिना अघि फेला परेपछि माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले ब्युटिफुल माइन्डमा सम्पर्क राखी प्रहरी वलको सहयोगमा उपचार तथा आवासीय सुविधा खर्च बेहोर्ने गरी सुपुर्दगी गरेका थिए । मानसिक सन्तुलन गुमाएका तथा लागू पदार्थ दुव्र्यसनमा फसेका सबै उमेर र प्रकृतिका असामान्य अवस्थाका विरामीहरुलाई उपचार गर्ने हेतु स्थापित उक्त उपचार केन्द्रमा माडी नगरपालिका नगर प्रमुख ठाकुर प्रसाद ढकालबाट कुनै पनि सहयोग जुट्न नसकेपछि अस्पतालका सेयर होल्डरको रुपमा रहेकी सेलिनाले आफ्नो जन्मदिनमा गरिने खर्च कटौती गरी वि.क. को उपचार खर्चको लागि अमेरिकाको न्युजर्सी बाट सहयोग उपलब्ध गराएकी थिइन् ।

अति नै गम्भीर अवस्थामा प्रहरी वलको सहयोग तथा माडी नगरपालिकाका नगरप्रमुखको उपचार सहयोग प्रतिवद्धतामा ल्याईएकी वि.क.को मानसिक समस्याको उपचार पछि विस्तारै सामान्य अवस्थामा फर्किदै गएको वारेमा ब्युटिफुल माइन्डका प्रबन्ध निर्देशक तथा मानसिक रोग विशेषज्ञ तथा वरिष्ठ चिकित्सक डाक्टर गिरीराज भन्तानाले रफ्तार न्युजलाई बताए ।

कोभिड १९ कोरोनाको सन्त्रास सहितको संक्रमणले सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रति गम्भीरता प्रकट गर्दै प्रकोप नियन्त्रणको लागि लकडाउन घोषणा गर्नुको संगसंगै मानसिकर सन्त्रासको कारणले कैयौंले मानसिक सन्तुलन विचलनको जीवन यापन गर्नुपरेको र कतिले आत्महत्या गर्नुपरेको तथ्यांक सहित बताएको र यस समस्याको निराकरणको लागि आफु यसै पेसागत विषयको विज्ञ भएको कारणले सरकारको दुरदृष्टि अर्को विकराल पाटो तिर पुग्न नसकेको बारेमा दुख व्यक्त गरे ।

अमेरिकाको न्युजर्सीमा कम्प्युटर साईन्स विषयमा अध्ययनरत सेलिन भन्तानाले सरकारी संयन्त्र नागरिकको जीउ ज्यान र स्वास्थ्य सुरक्षा प्रति रत्तिभर चिन्ता नलिएको अवस्थामा आफुले जन्मदिनको खुशीयाली बेसहाराको जीवन हितको लागि थोरै आर्थिक परिमाण नै भएपनि आफ्नो २२ औं जन्मदिनको अवसरमा सहयोग गर्न पाउँदा आफुलाई चरम सन्तोष मिलेको कुरा सामाजिक सन्जालको प्रत्यक्ष सम्पर्कमा बताईन् ।
माडी नगरपालिकाका नगर प्रमुखले आफ्नो नगर क्षेत्रमा मानसिक सन्तुलन गुमाएर विचलित जीवन यापन गर्दै आएकी दलित समुदायकी धन कुमारी वि.क.को उपचार सहितको विविध आवासीय खर्च उपलब्ध गराउने भनेर प्रतिवद्धता गरी पठाएपनि कुनै पनि सहयोग उपलब्ध नभएको अवस्थामा भन्तानाले उनको उपचार गर्दा लागेको पुर्ण बक्यौता रकमको भार उपचार प्रदायक संस्थाको लगानीको थोरै आर्थिक भार पनि थेग्न सहयोग पुगोस भन्ने हेतुले आज १ लाख, ११ हजार १ सय ११ रुपैंया प्रदान गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय