BREAKING
जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री | मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार | आजदेखि डुम्रे-बेंसीसहर सडक तीन दिन बन्द | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥ | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) |

काठमाडौं। राष्ट्रियसभाको १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा ९ स्थानमा नेपाली कांग्रेस र ८ स्थानमा नेकपा (एमाले) र एक स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा अब कांग्रेस २५ सिटसहित पहिलो दल बनेको छ । कांग्रेसका हाल बहाल १६ मा ९ सांसद थपिएका हुन् ।

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति हुँदा चुनावी तालमेल गर्ने नीतिअनुसार नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । सातवटै प्रदेशको सदरमुकाममा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो ।

कोशी प्रदेशबाट नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) का रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ ।

त्यसै गरी मधेस प्रदेशबाट नेपाली कांग्रेसका धर्मेन्द्र पासवान, रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र नेकपा (एमाले) का रेखाकुमारी झा निर्वाचित हुनुभएको छ ।

वागमती प्रदेशबाट नेपाली कांग्रेसका गीता देवकोटा, नेकपा (एमाले) का प्रेमप्रसाद दंगाल, गण्डकी प्रदेशमा नेकपा एमालेका सम्झना देवकोटा र नेपाली कांग्रेसका जगत तिमिल्सिना विजयी हुनुभयो । लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका वासुदेव जंगली, चन्द्रबहादुर केसी र नेकपा (एमाले) का रामकुमारी झाँक्री निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजंग शाही , नेकपा एमालेका मीनासिंह रखाल, सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभाका सदस्यहरू मतदाता रहने सो निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मतदान भएको थियो । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाताहरू अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय