BREAKING
निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

चितवन : जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ ।

युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो । जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । प्रहरीले तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने, भाइचारा सम्बन्ध कायम गराउने, अनुभव साटासाट गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायत कार्यक्रम गर्दै आएको छ ।

कायालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरीलाई केही समय आराम गराउने, आन्तिरक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा डुङ्गा सयर, र्‍याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएका छन् । साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक पुरीका अनुसार छिमेकी जिल्लामा समेत पुगेर त्यहाँका पर्यटकीय सम्पदामा रमाउने, विभिन्न गतिविधिमा संलग्ने हुने र ज्ञान आर्जन गर्ने गरिएको छ । आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका उहाँले बताउनुभयो ।

करिब एक वर्ष अघिदेखि सुरु गरिएको उक्त कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी र सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा भूगोलको पनि उचित ज्ञान हुने गरेको उहाँको बुझाइ छ । जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा नौ सय प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक, आठ वटा इलाकासहित जिल्लामा ७३ वटा युनिटमा रहेर प्रहरीले सेवा प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय