चितवनको कालिका नगरपालिकामा खुल्ला नकआउट फुटबल प्रतियोगिता– २०७९ हुने भएको छ । कलिका नगरपालिका वडा नम्बर १ गडुवामा रहेको लालीगुराँश टोल बिकास संस्था को आयोजनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी असोज १ गते बाट संचालन हुने भएको हो । नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
खेलकुद संयोजक जीवन थापा मगरका अनुसार प्रथम हुने समुहलाई २ लाख २२ हजार २२, दोस्रो हुने समुहलाई १ लाख ११ हजार ११ नगद पुरस्कार साथै शिल्ड, कप मेडल र प्रमाण पत्रको व्यवस्था गरेको बताएका छन् । आउदो असोज १ गते संचालन हुने फुटबल खेल कालिका नगरपालिका–१ गडुवा खेल मैदानमा हुने खेलकुदका संरक्षक कृष्ण श्रेष्ठले बताए । असोज १ गतेदेखि १६ गते सम्म हुने प्रतियोगितामा ३० हजार दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ ।
नेपाली फुटवललाई ब्यबसायीकरण गर्नेुका साथै खेलाडी पहिचानको लागि फुटवल प्रतियोगिता आयोजना गरिएको लालीगुराँस टोल बिकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी सहित १६ टीमको सहभागीता हुने छ । सहभागी हुने टिमको लागि १० हजार दर्ता शुल्क तोकिएको छ ।