BREAKING
क्यानडाको विद्यालय र घरमा गोली चल्दा १० जनाको मृत्यु | धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश | अख्तियार प्रमुख राईसहितलाई धम्क्याउने आरोपीलाई फिलिपिन्सबाट काठमाडौं ल्याइयो | बिध्यालयमा एचपिभि खोप कार्यक्रम सञ्चालन सम्बन्धमा रत्ननगर नगरपालिकाको सूचना | विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री | मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुस तेस्रो साता पक्राउ गरेको थियो । ‘कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धानका लागि बुधबार काठमाडौं ल्याइएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भने, ‘जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान अघि बढ्नेछ ।’

जिल्ला अदालत, काठमाडौंमा १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ उनलाई पक्राउ गरेपछि फिलिपिन्स अध्यागमनको वेबसाइटमा भनिएको थियो, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएको पाइएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय