मकवानपुर, कात्तिक ६ गते। कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ । सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष कोरोना भाइरसका कारण स्थगन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका भुटनदेवी, चुरियामाई, गोरेक्षश्वर, मनकामना मन्दिर, चिसापानी र मकवानपुर गढीलगायत शक्तिपीठमा नित्य पूजाआजा मात्र गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

शक्तिपीठ तथा मन्दिरमा सर्वसाधारणको भीड हुन नदिन प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय