काठमाडौं, ५ कात्तिक । कोटेश्वरमा खुम्चिएर बसेका माधवकुमार नेपाल एकाएक सक्रिय भएका छन् । उनले दिनहुँ राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालको दिनहुँजसो भेटवार्ता हुन थालेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेताहरुसँग पनि छलफल अगाडि बढाएका छन् ।
आज विहानै नेपालले खुमलटार पुगी प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मङ्गलबार बालुवाटार पुगेर भेटवार्ता गरेको भोलिपल्टै उनले प्रचण्डसँग छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रचण्ड र नेपाल पछिल्लो समय निकै नजिक छन् । उनीहरुले दुईपटक ओलीको सत्ता ढाल्ने प्रयास समेत गरेका थिए । ओलीसँगको मङ्गलबारको भेटमा माधव नेपाललाई मिलेन जाने प्रस्ताव समेत आएको थियो । पूर्व एमालेबीचको एकतामा ओलीले जोड दिएको खबरहरु आए । लगत्तै नेपालसँग प्रचण्डले यसबारे चासो राखेपछि दुई नेताको भेट भएको बुझिएको छ । भेटमा नेपालले आफू अडानको पक्का भएको र कुनै लालचमा फस्ने नेता नभएको जवाफ दिएको बुझिएको छ । तर, सहमतिको राजनीतिको पक्षमा आफू सदैव रहेको बताएको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय