BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौँ, कात्तिक ४ गते । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्याधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्का वर्षा हुने गर्छ ।

आजको उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई मृगशिरा उल्कावर्षा (ओरियनिड मिटियर सावर) नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । अक्टोबर २ देखि आफ्नो सक्रियता देखाउने यो उल्का वर्षा नोभेम्बर ७ सम्म सक्रिय रहनेछ ।

उल्कावर्षाको अत्याधिक सक्रिय गतिविधि स्थानीय समयअनुसार अक्टोबर २० राति १०ः४५ देखि नै शुरु भई अक्टोबर २१ को बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ । उल्कावर्षा हेर्नको लागि मध्यरातपछिको समय उत्तम मानिन्छ । अत्यधिक उल्कावर्षाको बेला प्रतिघण्टा १५ वटासम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करिब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने पनि उहाँले बताउनुभयो ।

के हो उल्कावर्षा

पुच्छे«ताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ«ताराको उक्त कक्षको नजिक आइपुगेका बेला धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने सोसाइटीले जनाएको छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो हेलीको पुच्छ्रेतारा  

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई हेलोको ‘पुच्छ्रेतारा भनिएको हो । यो पुच्छ्रेताराले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

यसरी हेरिन्छ उल्कावर्षा

उल्कावर्षा हेर्न कुनै दूरवीन वा टेलिस्कोप आवश्यक पर्दैन । नाङ्गो आँखाले नै उल्कावर्षा हेर्न सकिन्छ । उल्का वर्षा हेर्न धैर्यको आवश्यकता पर्छ । उल्कावर्षा हेर्दा खुल्ला आकाश छान्नुपर्छ । यसका लागि घरको छत वा घर अघिको कुनै खुल्ला ठाउँमा जान सकिन्छ । दुवै स्थानमा राति चिसो हुने हुँदा तातो कपडा लगाउन आवश्यक छ । घरबाहिर निस्कँदा सुरक्षाको पनि कुरा आउँछ । चिसो र अन्य किसिमको जोखिमबाट बच्दै उल्कावर्षा हेर्न सोसाइटीले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय