आशा वालविकास सेवा चितवनलाई नेपाल वाल सहायता संघ जर्मन (KINDERHILFE) ले खाद्यान्न सहयोग प्रदान गरेको छ ।

रफ्तारन्युज नेपालका प्रधान सम्पादक रवि रोषी तथा गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माले आज सो खाद्यान्न सहयोग हस्तान्तरण गरेका थिए । आशा वाल विकास सेवा चितवनले विगत २०६१ साल देखि चितवनको भरतपुरमा रही फिजियोथेरापी सेवा क्रमलाई निशुल्क रुपमा निरन्तरता दिंदै आएको छ ।


जर्मनमा रहेको नेपाल वाल सहायता संघ जर्मनको तर्फबाट प्रमुख व्यक्तित्व राम प्रताप थापालाई जिल्ला बाहिरबाट उपचार गर्न आएको विरामी र विरामीको अभिभावकहरुको आर्थिक अवस्था अति नै कमजोर भएको कारणले गर्दा सेवा केन्द्रले आफैंले निशुल्क आवासीय सुविधा प्रदान गर्दै आएको पनि शाखा प्रमुख थापाले बताउनुभयो ।


चेपाङ केन्द्रका अध्यक्ष शर्माले त्यहाँको अवस्थाको वस्तुगत स्थितीको बारेमा बुझेर आफुले समन्वयकारी भूमिका निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गरे । सेवा केन्द्रमा सेवा लिन आएका विरामीको अभिभावकहरुलाई दशैंको अवसरमा नित्य दैनिकी रुपमा आवश्यक पर्ने चामल, दाल, तेल, नुन, चना, केराउ, मस्यौरा, नुहाउने साबुन, कपडा धुने साबुनको सम्पुर्ण आवश्यक सामाग्री खरिदार्थ जर्मनबाट नेपाल वाल सहायता संघका प्रमुख व्यक्तित्व राम प्रताप थापाले व्यवस्था गर्नुभएको हो ।


सो संस्थामा हाल दिवा सेवा अन्तर्गत २२ जनाले नियमित सेवा प्राप्त गरिरहेका छन् भने १२ जना शारीरिक अपांगता अवस्थाको नियती बेहोरीरहेका विरामी र २० जनालाई गृहभेट सेवा अर्थात् घरमा नै गएर सेवा दिईरहेको बारेमा आशा वाल विकास सेवा चितवनका शाखा प्रमुख देवी थापा मगरले रफ्तारन्युजलाई बताउनुभयो ।

सेवा केन्द्रले विगत १६ बर्ष देखि संस्थाले आफ्नै खर्चमा भाडामा घर लिदै र निशुल्क सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय