अन्तिम मतपरिणाम अनुसार आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै दीपेन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त रामेश्वर बर्तौलाले जानकारी दिनुभयो ।
आयुक्त बर्तौलाका अनुसार श्रेष्ठले ७ सय ९९ मत ल्याएर विजयी हुँदा उहांका निकटतम प्रतिद्धवन्दि शेषकुमारी ओलि सडौलाले ४ सय ७६ मत प्राप्त गर्नुभएको थियो ।
यसैबिच वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् ।
आयुक्त बर्तौलाका अनुसार वाणिज्यतर्फ बिजयी हुने सदस्यहरुमा बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला , क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनुभएको हो । यस्तै उद्योगतर्फ बिजयी हुने सदस्यहरुमा जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी हुनुभएको हो । हिजो सम्पन्न मतदानमा ९१ प्रतिशत मत खसेको थियो । कुल १ हजार ४३० जना मतदाता मध्ये १ हजार ३०४ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय