बाघमारा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा हात्ती प्रजनन केन्द्र खोरसोर जान बुढी राप्ती नदिमा निर्माण हुन गइरहेको झोलुङ्गे पूलको माननीय बाग्मती प्रदेश सभासद श्री कृष्ण प्रसाद खानाल ज्युबाट आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
हात्ती प्रजनन केन्द्र जाने बाटोमा रहेको बुढि राप्ती खोलामा झुलुङ्गे पुल निर्माणको काम सुरु भएको हो । एक करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुलको चितवन क्षेत्र नम्बर १ ख का साँसद कृष्ण खनालले आज एक कार्यक्रमको बिच सिलन्यास गरेका हुन् । आगामी बैशाखसम्ममा काम सम्पन्न हुने गरि काम सुरु भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जनाकारी दिनुभयो
।
पुल १६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने जनाइएको छ । पर्यटकिय क्षेत्रमा निर्माण हुन लागेको पुलले पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन भट्टले बताए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद खनालले प्रदेश सरकारले पर्यटन प्रर्वद्धनमा प्राथमिकत दिदै आएको बताए । मानव वन्यजन्तबिचको द्धन्द न्यूनिकरण गर्दै वन्यजन्तु संरक्षण गर्दै पर्यटन प्रर्वन्धन गर्न प्रत्येक पालिकाहरुमा कंक्रिट वाल निर्माणको काम भइरहेको साँसद खनालले बताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर तमाङ्ग , पुलका प्राविधिक शेखर रायमाझी , नेकपा नगर अध्यक्ष कुल प्रसाद लामिछाने लगायतले विकास निर्माणको काममा सबैले चाँसो दिएर निगरानी गर्नुपर्नेमा जोड दिए ।