BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

माघ २। महिला लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्‍न पाउने भएका छन् । आगामी माघ ७ बाट सुरु हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फा ले लिगमा सहभागी हरेक टिमले चार विदेशी खेलाडी राख्‍न र खेलाउन पाउने व्यवस्था गरेको हो ।
माघको पहिलो साताबाट सुरु हुने महिला लिगमा तीन विभागीयसहित जिल्ला तथा नगरबाट छनोट भएका चार टिम गरी सात टिम खेलाउनेछ ।
एन्फाले पहिलोपटक महिला लिगमा समेत विदेशी खेलाडी राख्‍न पाउने व्यवस्था गरेको छ । एक महिना सञ्चालन हुने लिगका पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुनेछ । बाँकी सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुने बताइएको छ ।
कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै खेलाडीहरुको सुरक्षाको पनि एन्फाले राम्रो तयारी गरेको छ । प्रतियोगिताको विजेताले नगद १५ लाखसहित ट्रफी प्राप्त गर्नेछ । दोस्रोले ८, तेस्रोले ५, चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर र हरेक विधाका खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय