BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२ माघ,। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे ।
‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने ।
सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे । ‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने । यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ’, उनले भने ।
संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलले बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनले बताए । ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ ।
भोलि शनिबार कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय