BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२ माघ । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो ।
समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो महिनाकै तुलनामा पनि सेयर बजारको पुँजीकरण १३ खर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार २०७७ मंसिर मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो ।
सेयर बजारको पुँजीकरणमात्रै होइन सेयर कारोबार मापक नेप्से परिसूचकमा समेत निकै राम्रो सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनाको चुलनामा चालु आर्थिक वर्षको ५ महिनामा ९०७ अंक भन्दा धेरैले नेप्से परिसूचकमा सुधार आएको छ । कुनै बेला बजार निकै ओरालो लागेर १ हजार हारहारीमा पुगेको नेप्से परिसूचक पुस मसान्तसम्म २ हजार २ सय भन्दा माथि पुगेको छ ।
मंसिरसम्मकै मात्रै तथ्यांक हेर्दा पनि निकै राम्रो सुधार देखिएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार २०७६ मंसिर मसान्तमा ११५४।१ रहेको नेप्से सूचकाङ्क २०७७ मंसिर मसान्तमा २०६१।४ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२।४ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय