BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

माघ २। प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छ ।
प्रतिनिधि सभा विघटनभन्दा पनि इजलासको क्षेत्राधिकारका विषयमा बहस केद्रित छ । निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन् ।
गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा दुई चरणमा गर्नेगरि निर्वाचन घोषणा गरेकी छन् । पुस ८ गते सो निर्णय बदरको माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संविधानको धारा ७६ ९१०,९७० र ८५ को व्याख्यासँग सम्बन्धित रहेको भन्दै संवैधानिक इजलाशमा पठाउने आदेश गरेको थियो । त्यस यता संवैधानिक इजलासमा पनि क्षेत्राधिकारको बहस हुँदा बहस मूल विषयमा प्रवेश गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय