हिजो माघ १ गते खिचरा(माघी) र थारुहरुको नयाँ बर्ष २६४४ को अवसरमा GHOONGI PWAKA FOOD FESTIVAL, कार्यक्रम YAC EVENT, Y A C SOUND..को आयोजनामा चितवनको डिज्नी पार्क रिसोर्टमा समापन भयो।कार्यक्रमको मुख्य आकर्षक थारुहरुको प्वाका(पोका) घोङ्गी,लोकल माछा इत्यादि थारुहरुको परिकार रहेको थियो।यो कार्यक्रममा चर्चित गायक तथा गायिकाको सहभागिता जनाइएको थियो ।
लोक तथा थारु गायक मिलन लामा ,रोहित सिंह चौधरी लगायत स्वरकी धनी गायिका अन्नु चौधरी जि बिजोड प्रस्तुति रहने छ।कार्यक्रमको बिशेषता थारुहरुको परिकार इन्टरनेसनल लेबल सम्म पुराउने उद्देश्यले यो कार्यक्रम संचालन हुन लागेको कुरा कार्यक्रमका संयोजक जयस चौधरी जि ले बताउनु भयो।
साथै थारु पहिरन तथा अन्य जनजातिको पहिरनमा आउनेहरुलाइ प्रवेश शुल्क निशुल्क गरिएको थियो।कार्यक्रम १:३० बजे बाट शुरु भै ७ बजे सम्म चलेको थियो।