कोरोना महामारीको समयमा पनि साउथ इण्डियन चलचित्रका नायक थलापति विजयी र विजय सेतुपति अभिनित चलचित्र ‘मास्टर’ले विश्वभरमा पहिलो दिनमै ४० करोड रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ।

चलचित्र रिलिज भएको पहिलो दिनमा नै ‘मास्टर’ चलचित्रले विश्वभरमा नै ४० करोडको व्यापार गरेको हो।

कोरोनाकालमा यति धेरै व्यापार गर्ने यो पहिलो चलचित्र हो। लोकेश नागराज दरा निर्देशित चलचित्र बुधबार तमिल, तेलगु र कन्नड भाषामा रिलिज भएको थियो। बिहीबार सो चलचित्र हिन्दी भर्जनमा पनि सिनेमा घरमा लागेको छ।

उक्त चलचित्रले तमिलनाडुमा मात्रै २३ करोडभन्दा धेरै व्यापार गरेको छ।

भरतीय संचारमाध्यमका अनुसार ‘मास्टर’ चलचित्रले केरल र कर्नाटकमा ३.३ करोड भन्दा धेरै व्यापार गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय