BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२८ पुस । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको हो ।
हाल हरेक दिन सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था छ । यसले गर्दा दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन सक्ने अवस्था छ । लाइसेन्सको परीक्षामा सहभागी हुन चाहाने हजारौंले दिन(दिनै फारम भरेपनि अनलाइनबाट ‘सम्बिट’ गर्न सास्ती भोगिरहेका छन् । अझ विहान ६ बजे अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राही यातायात व्यवस्था विभागको साइटमा आउने गर्दा प्रणालीमै समस्या देखिन थालेको छ ।
अब भने लाइसेन्सको परीक्षा दिन चाहानेले जुनसुकै समयमा आवेदन भर्नसक्ने र आफ्नो फारम भरेर ‘सब्मिट’ गरेपछि आवेदकलाई यो दिनमा परीक्षामा हाजीर हुन भनेर प्रणालीमार्फत नै जानकारी दिने व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
‘अनलाइन फारममा कोटा राख्दा विचौलियाको चलखेल पनि बढ्ने देखियो,’ उनले भने,’सेवाग्राहीलाई सास्ती भएको देखेपछि हामीले सबै फारम स्वीकार गर्ने र कार्यालयको क्षमताअनुसार प्रणालीबाट नै दिन तोकेर आवेदकलाई परीक्षाको दिन जानकारी गराउने व्यवस्था गर्दैछौं ।’
९ महिनापछि लाइसेन्सको परीक्षा खुलेकाले लाइसेन्स कार्यालयमा ठूलो चाप छ । तर, कार्यालयको लाइसेन्स वितरण क्षमता सीमित भएकाले सेवाग्राहीलाई नै सास्ती भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय