BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष २८ । मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको ‘प्रोटोन साँगा’ बुधबार सार्वजनिक हुँदै छ ।
प्रोटोनको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले भोलि यो गाडी नेपालमा सार्वजनिक गर्न लागेको हो । भर्चुअलमार्फत् प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो । यसले सन् १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो पहिलो गाडी बजारमा ल्याएको थियो । प्रोटोन हाल ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिने र यसका करिब ४४ लाख प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ
प्रोटोन साँगामा १।३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीको रहेको छ । मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्टफोन कनेक्टिभिटी सुविधा जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय