BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

असोज ३०, काठमाण्डौ । भोलि असोज १ गते घटस्थापना । अर्थात यस वर्षको दशैँको पहिलो दिन । तर कोरोना संक्रमणका कारण खासै रौनक छैन । घटस्थापनाका दिन पनि मठ मन्दिरहरुमा औपचारिक रुपमा पूजाआजा मात्रै गरिने भएको छ । मठ मन्दिरहरुमा भक्तजनलाई निषेध गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैँ घटस्थापना देखि शुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइने घटस्थापना यस बर्ष सामान्य बिधि मात्रै गरिने भएको हो । यो बर्ष ११ः४६ को शुभसाइतमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजाआजा गरी घटस्थापना गरिने भएको छ ।

सोही साइतमा हनुमान ढोका दरबारको दशैँ घरमा धार्मिक विधिअनुसार घटस्थापना गरिने भएको छ । दशैँ घरका मूल पुरोहित देवराज अर्यालले बिहानको ११ः४६ को साइतमा घटस्थापना गरिने बताए । विगत दुइ दर्शक लामो समय पुरोहितको काम गर्दै आएका अर्यालले यस बर्ष कोरोना भाईरसको जोखिम भएको कारण विधिपुर्वक मात्रै सामान्य पुजा गर्ने बताए ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा लिई पूजा गर्ने चलन रहिआएको छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । यस बर्ष पनि चलिआएको रितिरिवाजलाई सामान्य रुपमा मनाउने भद्रकालि मन्दिरका पुरोहीत बिष्णु प्रसाद अधिकारीले बताए ।

नेपाली सेनाको शार्दूलजङ्ग गुल्मको गुरुज्यूको पल्टनले मङ्गल धून बजाउनाका साथै बढाइँसमेत गरेको गरिने गरिन्छ । गाईको गोबरले लितपोत गरिएको पूजाकोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय