पौष २७ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम कार्यान्वयनसम्बन्धी जिल्ला निर्वाचन अधिकारीहरुलाई एकदिने प्रशिक्षण दिएको छ । यही पुस २६ र २७ गते २ समूहमा अनलाइनमार्फत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपले निर्वाचन सम्पन्न गर्न मतदाताको पहुँचयोग्य हुने गरी मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्य तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका थिए ।
मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्य गर्दा सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रूपमा सम्पादन गर्नुपर्ने भएकोले जिल्ला निर्वाचन अधिकारीहरूलाई सक्रिय भई कानुनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय