BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२७ पुस । कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क असुल गर्ने निर्णय गरेको छ ।
कमिसन बडढाउन आयल निगमलाई पटक(पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ ।
मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३३९ प्रतिशत र डिजेलमा ३।१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।
एक लाख २० हजार देखि एक लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३।४० र डिजेलमा ३१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ ।
हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ । माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्दा उत्पन्न हुने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने पनि एशोसिएसनले जनाएको छ ।
तीन वर्षअघि नै कमिसन बढाउन निगमलाई पेश गरेको प्रतिवेदनअनुसार ‘लगानी तथा ऋण’ र ‘आय व्यय हिसाब’ र प्रशासनिक खर्चहको विवरणअनुसार कमिसन बढाउन पेश गरेको प्रतिवेदन कार्यन्वयन गर्न निगमले अटेर गरेको एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । देशभर १५६१ पेट्रोलियम व्यवसायी छन् ।
पाँच वर्षदेखि व्यवसायीले यो मुद्धा उठाई राखेपनि समझदारी हुन नसकेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
‘बिक्रेताहरुको दायित्व थपिएको कुरा जायज छ, कमिसन पनि पुनर्बिचार हुन्छ, तर उपभोक्ताबाट अतिरिक्त पैसा असुल गर्छु भन्नु जायज होइन,’ कार्यकारी निर्देशक पौडेलले भने ।
सरकारले बढीमा प्रतिलिटर ३५ पैसासम्म दिनसक्ने प्रस्ताव गरेपनि व्यवसायीहरुले ५० पैसा कमिसन पाउनुपर्ने दाबी नछोडेको उनको भनाइ छ ।
निगमको साधारण सभामा व्यवसायीको मागको सम्बन्धमा छलफल हुने र उचित निर्णय हुनसक्ने पौडेलले बताए । हाल व्यवसायीहरुले पेट्रोलमा प्रतिलिटर ३ प्रतिशत र डिजेलमा २।६५ प्रतिशत कमिसन लिंदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय