BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष २५ । भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक संस्था मानिने साझा प्रकाशनको अध्यक्षमा डा। विजय सुब्बा निर्वाचित भएका छन् । साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा निवर्तमान नेकपाका सांसद्समेत रहेका साहित्यकार डा। विजय सुब्बा निर्वाचित भएका हुन् ।
सुब्बा ४१२ मतसहित विजयी भएका हुँदा उनका प्रतिस्पर्धी डा।जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेका थिए । कूल एक हजार ४५७ मतदाता रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको थियो । ४८ बदर भएको थियो ।
डा। सुब्बा र डा। कोइराला प्रकाशनका पूर्वसञ्चालक समिति सदस्य हुन् । यसअघि सरकारबाट अध्यक्ष नियुक्त गरिने गरेकोमा नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो ।
निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय