BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष २३ । वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् ।
यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए ।
यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ ।
सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय