पौष २३। अघिल्ला दिन बढेको सुनको भाउमा एकै दिन १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार का लागि छापावाला सुनको भाउ तोलाको ९५ हजार चार सय रुपैयाँ कायम गरेको छ ।

हिजो बुधबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने एकै दिन तोलामा ११ सयले बढेको सुनको भाउ बुधबार पनि तोलामा तीन सय रुपैयाँले बढेको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९४ हजार ९ सयमा आइपुगेको छ । बुधबार तोलाको ९६ हजार दुई सय थियो ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ३० मा झरेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय