पौष २२ । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १८ सय ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार सात सय ६ जनाको पीसीआर गरिएकामध्ये चार सय नौजनाको नतिजा पोजेटिभ आएको छ ।
नेपालमा मंगलबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय ९५ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा तीन सय ४२ जना छन् । पाँच हजार एक सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।