पौष २१। विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्थापना हुनेमा आफूहरु ढुक्क रहेको बताएका छन् । राजधानीमा आयोजित पत्रकारको भेटघाटमा उनले संसद पुनस्थापना नहुने भन्ने विषय सोच्न पनि नसकिने बताए ।
ूहामी ढुक्क छौं । संविधानअनुसार प्रतिनिधिसभा पुनस्थापना हुन्छ । पार्टीको आधिकारिकता हामीसँगै हुन्छ,’’ उनको दाबी थियो ।
विधिवत् रुपमा नेकपाको आधिकारिकता आफूहरुसँगै रहने भएकाले द्विविधा हुन आवश्यक नरहेको उनको जिकिर थियो । संसद् विघटनविरुद्ध नेकपाको संघर्ष केन्द्रीय समिति संयोजकसमेत रहेका श्रेष्ठले नेपाली कांग्रेस र जनता समाजवादीलगायतका पार्टीसँग संयुक्त संघर्षको प्रयत्नसमेत गरिरहेको जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले संवैधानिक संस्थाहरुलाई प्रभावमा पारेर आफ्नो पक्षमा निर्णय हुने सपना नदेख्न चेतावनीसमेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय