BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

 

२१ पुस। सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका छन् ।
जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले आगामी चुनावमा प्रचण्ड–माधव समूहसँग सहकार्य गरेर जाने दाबी गरे ।
‘आगामी निर्वाचमा जाँदा नेकपाका दुवै समूहभित्र कुनै न कुनै सहमती र सहकार्य हुन्छ । त्यो आवश्यकता पनि हो,’ मन्त्री थापाले भने, ‘चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन ।’
उनले थपे, ‘तर, अहिले विभिन्न देशी विदेशी शक्तिहरुको चलखेलले नेकपालाई बचाउन नसकेको परिस्थिति हो । अर्को निर्वाचन आउँदासम्म परिस्थिति फेरिन सक्छ ।’
मन्त्री थापाले प्रधानमन्त्री केपी शार्मा ओलीले संसद विघटन र चुनाव घोषणा गरेर देशलाई अस्थिरताबाट बचाएको बताए । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनतामाझ चुनावमा जानुका विकल्प नरहेको बताए ।
‘ताजा जनमतका लागि चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘सरकार वा प्रणाली संकटमा परे जनतामाझ जाने राजनीति शास्त्रको सिद्धान्त छ । प्रधानमन्त्रीज्यूको कदम अग्रगामी छ ।’
नेकपा ओली समूहको कर्णाली प्रदेश संयोजक समेत रहेका मन्त्री थापाले तत्काल प्रदेश सरकार विघटनको बारेमा सरकारले नसोचेको बताए । ‘अझै पार्टी एकता भंग भएको घोषणा भएको छैन । भंग भए के हुन्छ भन्न सकिन्न ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय