BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पुस २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूहको भातृ सङ्गठन अनेरास्ववियुले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रचण्ड–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरूमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ ।
पुस २२ गते उपत्यकामा लालटिन जुलुस निकाल्ने र उपत्यकाबाहिर लालटिन, सिठ्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालय सीडीओ मा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताउनुभयो ।
त्यसैगरी पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियुले शैक्षिक सङ्घर्षका कार्यक्रमहरूको पनि घोषणा गरेको छ । सङ्घीय संसदबाट सर्वसम्मतरूपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र त्यस भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिने सह–संयोजक तामाङले बताउनुभयो ।
उहाँले कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्योल तत्काल अन्त्य गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने, कोभिड–१९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाइन कक्षाको नाममा आफूखुसी ढङ्गले लिएको शुल्क खारेज गर्न आन्दोलन गर्ने बताउनुभयो ।
सह–संयोजक तामाङले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताउनुभयो । माघ १ गते तेस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय