BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

२० पुष । नेकपा फुटको असर सौराहाको एक संस्थाको निर्वाचनमा देखापरेको छ । नेकपा फुटको संघारमा रहेको बेला भएको साना किसान कृषि सहकारी संस्था बछौलीको निर्वाचनमा नेकपाले लज्जास्पद हार व्यहोरेको छ । सो संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको इकाइ निर्बाचनमा नेपाली काँग्रेसले सानदार जित हासिल गरेको छ ।
१९ वटा इकाइ मध्ये काँग्रेसले १२ वटा इकाइ जितेर अध्यक्ष सहित पदाधिकारी तथा बहुमत सदस्य सहित नयाँ कार्यसमिति गठन गरेको हो । २३ औं साधारण सभा तथा अधिबेशन अन्तर्गत इकाइ निर्वाचन भएको थियो । निर्वाचन जितेर आएका १९ जना मध्ये नेपाली काँग्रेसको तर्फबाट नारायण महतो अध्यक्षमा चयन भएका छन । उपाध्यक्षमा नेपाली काँग्रेसकी जरी तामाङलाई चयन गरिएको छ ।
कार्यसमिति सदस्यमा सोविता धमला खरेल,राजेन्द्र चौधरी,झलिया चौधरी,गोपी प्रसाद लम्साल,नाथुराम महतो,दुर्गानाथ अर्याल,तीर्थराज ढकाल,सिखनी चौधरी,हरितारा रिजाल,शंकर महतो,गोपिकुमारी रिजाल,फुलेश्वर चौधरी,सानुमाया गिरी,प्रभा चौधरी,भूवनराज महतो,हिमाकुमारी थापा,रामहरि मैनाली चयन भएका छन । १७ जना कार्यसमिति मध्य १० जना नेपाली काँग्रेसका हुन ।
अधिवेशनले लेखा समितिको संयोजकमा विष्णुप्रसाद आचार्य र सदस्य पवित्रा चौधरी तथा प्रमिला चौधरीलाई चयन गरिएको छ । साना किसानको नेतृत्व हात पार्ने योजनाका साथ चुनावी मैदानमा होमिएको नेकपा दुई चिरा परेकै कारण हार व्यहोर्न बाध्य भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय