BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष २० । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकर्ता तथा समर्थकले कालो बेलुन उडाएर विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृहजिल्ला आएका गृहमन्त्री बादललाई विरोध स्वरुप उनीहरुले कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् ।
‘बादल लाल गद्दार, असंवैधानिक कू का मतियार’ लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ । आज एकै समय पारेर भरतपुरको छुट्टाछुट्टै स्थानमा प्रधानमन्त्री केपी ओली र प्रचण्ड नेपाल पक्षले भेलाको आयोजना गरेका छन् ।
केपी ओली समूहको कार्यक्रम स्थल जाने बाटो भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका थिए ।
नेकपा प्रचण्ड(नेपाल पक्ष समर्थकहरुले भरतपुरका विभिन्न कार्यालय, होटेल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् । पूर्वमाओवादी केन्द्रबाट गृहमन्त्रीसमेत भएका बादल संसद् विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएपछि उनको विरोध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय