BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पुस २०। राजनीतिक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आइरहेका छन् । सोही अनुरुप चितवनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव समूहको नेकपाको छुट्टाछुट्टै कार्यक्रम हुँदैछ ।
ओली समूह चितवनको अगुवा कार्यकर्ता भेला आज भरतपुरमा राखिएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ। भरतपुर महानगरपालिका वडा नं।१२, वसन्तचोक स्थित स्मार्ट पार्टी प्यालेसमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको भेला पनि भरतपुरमा हुँदैछ । नेकपा भरतपुर महानगरपालिका कार्यालय कृष्णपुरमा कार्यक्रम हुन लागेको हो । सो कार्यालय साविक माओवादी केन्द्रको कार्यालय हो । एकीकरण पश्चात सो कार्यालयलाई महानगरको कार्यालय बनाइएको थियो भने साविक एमालेको कार्यालयलाई नेकपा पार्टी कार्यालय बनाइएको थियो । अहिले सो पार्टी कार्यालयलाई शसस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ ।
प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई नेता भीम रावल, योगेश भट्टराई र रामकुमारी झाक्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय