BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष १९। काठमाडौंको कोटेश्वरमा आज बिहान पेस्तोल देखाएर एकजनाको मोबाइल लुटपाटको प्रयास भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले लामाको साथबाट एकथान पेस्तोल गोली बरामद गरेको छ ।
तर युवराजले भने आफू बिहान कोटेश्वर चोकमा रोकिएको अवस्थामा एकजना अज्ञात व्यक्तिले पेस्तोल देखाएर मोबाइल लुटेर गरेको बताएका छन् । उनले प्रहरीसँग भनेका छन्, “मेरो मोबाइल लुटेर जडीबुटीतिर उनीहरु भागे । मैले पिछा गरेपछि उनले मोबाइल र पेस्तोल छाडे । त्यो पेस्तोल लुटेराकै हो ।”
पेस्तोल कसले बोकेका थिए उनी को हुन भन्ने खुलेको छैन । पीडित युवराज आले मगरले पेस्तोलबारे प्रहरीलाई जानकारी गराएका थिएनन् । एक स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले घटना शंस्कापद रहेको बताए । उनका अनुसार युवराज आले मगरकै भूमिका शंकास्पद हो कि भनेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय